आज भैरहवामा तापक्रम ३४ डिग्री सेल्सियस पुग्ने अनुमान

काठमाडौँ । प्रि-मनसुनका दिनहरु सुरु भएकाले देशभरको तापक्रम बढ्न थालेको छ । आज भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सो कुराको जानकारी दिएको हो ।
यस्तै विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म रहने जनाइएको छ । यस्तै काठमाडौँको तापक्रम २५ डिग्री सेल्सियससम्म पुग्ने छ ।
अङ्ग्रेजी महिनाको मार्चदेखि सुरु हुने प्रि-मनसुन मे महिनासम्म रहन्छ । प्रि-मनसुन भन्नाले वर्षायाम सुरु हुनुभन्दा अघिको समय हो । यो तीन महिने प्रि–मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मोघ गर्जन र चट्याङसहित वर्षा हुने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
पशुपतिको बालुवामा भ्रष्टाचार : काठमाडौँका दुई पूर्व एलडीओसहित ३ जना कारागार चलान
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै
-
ढिलो विवरण बुझाएको भन्दै कुलमानले पाए कार्यसम्पादनमा शून्य अंक
-
लाल मोहम्मदलाई गोली प्रहार गर्ने गुड्डु भारतमा पनि ‘वान्टेड’
-
कांग्रेसका तीन वटा कार्यक्रममा शेखर अनुपस्थित, पूर्णबहादुरसँग वरीयता विवाद