प्रधानमन्त्री भेट्न बालुवाटार पुगे इटलीको राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जियानलुइजी बुफनबिच आज भेट भएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन् । बुफन ओलीसँग भेटका लागि बालुवाटार पुगेका थिए ।
भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप आज साँझ दशरथ रङ्गशालामा समापन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितबाट उत्साही पञ्जाब र लगातारको हारबाट विचलित ‘बुढो बाघ’ चेन्नई आपसमा भिड्दै
-
शिक्षक आन्दोलन : दिउँसै टर्च बालेर प्रदर्शन, तस्बिरहरू
-
आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न प्रधानमन्त्रीलाई तरुण दलको आग्रह
-
बंगलादेश र श्रीलंका बनाउने सिंहको चेतावनी
-
तस्बिरमा हेर्नुहोस् बल्खुमा राप्रपाको खबरदारी सभा
-
त्रिविका रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामा दिन दबाब