बेलायतमा टिकटक र रेडिटमाथि छानबिन सुरु

लन्डन । बेलायतमा गोपनीयता निगरानी गर्ने एजेन्सी ‘इन्फर्मेशन कमिश्नर अफिस’ (आईसीओ) ले सामाजिक सञ्जाल कम्पनीहरू टिकटक, रेडिट र इम्गुरमाथि छानबिन सुरु गरेको छ । १३ देखि १७ वर्ष उमेरका बालबालिकाको डेटा यी प्लेटफर्महरूले कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे यो अनुसन्धान केन्द्रीत रहेको बताइएको छ ।
टिकटकको एल्गोरिथ्मले प्रयोगकर्ताहरूलाई भिडियो सिफारिस गर्न उनीहरूको डेटा प्रयोग गर्छ । यो अनुसन्धान टिकटकले बालबालिकाको व्यक्तिगत डेटाको दुरुपयोग गरिरहेको छ कि छैन भन्नेबारे भएको बताइएको छ ।
रेडिट र इम्गुरले प्रयोगकर्ताहरूको उमेर गलत आकलन गरेको आशङ्का गरिएको छ । यी प्लेटफर्महरूले बालबालिकाले अनुपयुक्त सामग्री नदेख्ने कुरा सुनिश्चित गर्नुपर्नेछ ।
के भन्छ बेलायती कानुन ?
बेलायतमा सामाजिक सञ्जालका लागि कडा कानुन बनाइएको छ । यसमा, सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाले गलत वा हानिकारक सामग्री नदेख्ने र उनीहरूको उमेर राम्ररी जाँच गरिएको सुनिश्चित गर्नुपर्छ ।
यस अनुसन्धानमा कम्पनीहरूले कानुन उल्लङ्घन गरेको प्रमाण फेला पारेमा उनीहरूलाई पहिले स्पष्टीकरण दिने मौका दिइनेछ । त्यसपछि उनीहरू विरुद्ध कारबाही पनि हुन सक्नेछ । टिकटक, रेडिट र इमगुरले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला