युवा सशक्तीकरणका लागि राष्ट्रिय युवा परिषद्को भूमिका

नेपाल सरकारद्वारा स्थापित एक विशिष्ट संस्था हो, राष्ट्रिय युवा परिषद् । जसको मुख्य उद्देश्य देशभरका युवालाई सशक्तीकरण गर्दै उनीहरूको प्रतिभा, क्षमता र नवाचारलाई मुलुकको समृद्धिमा उपयोग गर्ने हो ।
नेपालजस्तो युवा जनसंख्याले भरिएको मुलुकका लागि युवा विकासका कार्यक्रम नीति–निर्माणमा ल्याउनु, अवसरहरू सिर्जना गर्नु र युवाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउनु परिषद्को प्रमुख कार्यभार हो । आज परिषद्को स्थापना दिवसका अवसरमा हामी यस संस्थाले हालसम्म गरेका उपलब्धिको समीक्षा गर्दै यसको भविष्यको मार्गचित्र कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विचार गर्न चाहन्छौँ ।
म राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यका रूपमा परिषद्को कार्यदिशालाई थप सशक्त, व्यावहारिक र प्रभावकारी बनाउन सुझाव प्रस्तुत गर्दै यसको औचित्य, यसका आगामी रणनीति, चुनौती र सम्भावनाहरूको विस्तृत समीक्षा गर्न चाहन्छु ।
- उपलब्धि र प्रभाव
२०७२ फागुन १९ गते स्थापना भएदेखि हालसम्म परिषद्ले युवाहरूको नेतृत्व र क्षमता विकास गर्ने, नीति–निर्माणमा युवालाई सहभागिता गराउने, उद्यमशीलताको प्रवद्र्धन गर्ने, सीपमूलक तालिमहरू तथा अन्तर्राष्ट्रिय अवसरहरूमा नेपाली युवालाई प्रतिनिधित्व गराउने लगायत कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
नीति निर्माण र युवा सहभागिता : परिषद्ले नेपालको युवा नीतिलाई अद्यावधिक गर्दै युवा सहभागिता अभिवृद्धि गर्ने नीति अवलम्बन गर्दै आएको छ । राष्ट्रिय तथा स्थानीय तहमा युवाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने कार्यमा यसको भूमिका अत्यन्त महत्त्वपूर्ण छ ।
उद्यमशीलता प्रवद्र्धन र रोजगारी सिर्जना : परिषद्ले युवाहरूलाई स्वरोजगारमुखी बनाउन स्टार्टअप इन्क्युबेसन, अनुदान, सीपमूलक तालिम, तथा वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
नेतृत्व विकास र अन्तर्राष्ट्रिय प्रतिनिधित्व : युवाहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न विभिन्न प्रशिक्षण कार्यक्रम, अन्तर्राष्ट्रिय सम्मेलन, युवा आदानप्रदान कार्यक्रम तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै आएको छ ।
म राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यका रूपमा परिषद्लाई अझ प्रभावकारी बनाउने यी सुझावलाई नीति–निर्माण तथा कार्यान्वयन प्रक्रियामा समावेश गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
- चुनौती
परिषद्ले उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ, यद्यपि केही चुनौती समाधान गर्न आवश्यक छ ।
नीति कार्यान्वयनमा कमजोर समन्वय : नेपालमा नीति निर्माणका क्रममा युवाहरूको सहभागिता बढ्दै गएको भए पनि तिनको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ ।
वित्तीय स्रोत र लगानीको कमी : युवा लक्षित कार्यक्रमहरूको प्रभावकारिता बढाउनका लागि पर्याप्त स्रोत र लगानीको अभाव महसुस गरिएको छ ।
युवाहरूमा राजनीतिक प्रभाव र अवसर सीमितता : युवाहरूलाई विकासका अवसर प्रदान गर्ने प्रक्रियामा राजनीतिक हस्तक्षेप एक प्रमुख बाधा बनेको छ । परिषद्का धेरै पद तथा कार्यक्रम राजनीतिक दलहरूसँग आबद्ध व्यक्तिहरूको प्रभावमा पर्ने गरेका छन् । युवा नेतृत्वलाई स्वतन्त्र रूपमा अघि बढ्न दिनुको साटो राजनीतिक स्वार्थ अनुसार चल्न दबाब दिने प्रवृत्तिले परिषद्को प्रभावकारिता कमजोर बनेको छ ।
परिषद्ले वास्तविक क्षमतावान् तथा सिर्जनशील युवाहरूलाई अवसर दिनुपर्ने हो, तर कतिपय अवस्थामा राजनीतिक स्वार्थका कारण योग्य र इच्छाशक्ति भएका युवाहरूलाई पछाडि पार्ने प्रवृत्ति देखिन्छ । यसले युवाहरूको उत्साह घटाउने मात्र होइन, परिषद्को उद्देश्य र मिसनलाई नै क्षति पुर्याउने सम्भावना रहन्छ ।
डिजिटल पहुँच र प्रविधि साक्षरता अभाव : देशभरका युवामा डिजिटल प्रविधि, सूचना प्रवाह र नवाचारको पहुँच समान छैन ।
- सुझावहरू
राष्ट्रिय युवा परिषद्को भूमिका अझ प्रभावकारी बनाउन निम्न उपाय अपनाउन आवश्यक छ :
– युवा लक्षित नीति कार्यान्वयन सशक्त बनाउन ।
– युवा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय सरकारसँग सहकार्य मजबुत बनाउन ।
– युवाहरूको आवश्यकता पहिचान गर्दै लचकदार नीति निर्माण गर्न ।
– वित्तीय स्रोत र लगानी अभिवृद्धिका लागि सरकार तथा निजी क्षेत्रबिचको सहकार्य बलियो बनाउँदै स्टार्टअप तथा उद्यमशील युवाहरूलाई अनुदान तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन ।
– अन्तर्राष्ट्रिय विकास साझेदारहरू तथा लगानीकर्ताहरूसँग सहकार्य गर्दै दीर्घकालीन कोष स्थापना गर्न ।
– युवाहरूको सहभागिता बढाउन ।
– नीति निर्माण तथा योजना तर्जुमा प्रक्रियामा युवाहरूको सहभागी दर बढाउन ।
– नेपालभर युवा संसद तथा स्थानीय तहमा युवा परिषद्हरू स्थापना गर्न ।
– राजनीतिक हस्तक्षेप न्यूनीकरण गर्न ।
– परिषद्लाई राजनीतिक प्रभावबाट मुक्त गराउने संस्थागत संरचना बनाउन पहल गर्न ।
– योग्य, सक्षम, र निस्पक्ष युवाहरूलाई अवसर दिन निष्पक्ष छनोट प्रक्रिया लागु गर्न ।
– परिषद्का पदाधिकारीहरूको नियुक्तिमा पारदर्शिता अपनाउँदै राजनीतिक हस्तक्षेपलाई कम गर्न कानुनी संरचना निर्माण गर्न ।
– डिजिटल पहुँच र प्रविधि विकासमा लगानी गर्न ।
– डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्दै ग्रामीण भेगका युवाहरूलाई प्रविधिमा पहुँच प्रदान गर्न ।
– स्टार्टअप तथा नवप्रवर्तनमा प्रविधि आधारित कार्यक्रम सञ्चालन गर्न ।
– अन्तर्राष्ट्रिय युवा सहभागिता प्रवद्र्धन गर्न ।
– अन्तर्राष्ट्रिय सम्मेलन तथा युवा आदानप्रदान कार्यक्रमहरूको अवसरहरू बढाउन । संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय अवसरहरूमा अघि बढाउन ।
- निष्कर्ष
राष्ट्रिय युवा परिषद्ले नेपालको युवाहरूलाई अवसर प्रदान गर्दै उनीहरूको क्षमता विकास गर्ने महत्त्वपूर्ण जिम्मेवारी बोकेको छ । हालसम्मका उपलब्धिलाई हेर्दा, परिषद्ले विभिन्न सफल कार्यक्रम सञ्चालन गरेको छ, जसले युवा सशक्तीकरणलाई प्रवद्र्धन गरेको छ । तर अझ प्रभावकारी ढंगले कार्य सम्पादन गर्न नीति कार्यान्वयन सुधार, वित्तीय स्रोत अभिवृद्धि, डिजिटल पहुँच विस्तार, उद्यमशीलता प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय सहभागिताजस्ता क्षेत्रहरूमा विशेष ध्यान दिन आवश्यक छ । विशेष रूपमा राजनीतिक हस्तक्षेप न्यूनीकरण गर्न परिषद्ले नयाँ रणनीति बनाउनु अत्यावश्यक छ ।
परिषद् कुनै पनि राजनीतिक दलको मातहत नभई स्वतन्त्र, निष्पक्ष र योग्य युवाहरूको संस्था हुनुपर्छ । परिषद्को नीति र कार्यक्रमहरू राजनीतिक प्रभावले होइन युवाहरूका वास्तविक आवश्यकताले निर्देशित हुनुपर्छ ।
म राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यका रूपमा परिषद्लाई अझ प्रभावकारी बनाउने यी सुझावलाई नीति–निर्माण तथा कार्यान्वयन प्रक्रियामा समावेश गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । नेपालका युवालाई सशक्त बनाउँदै मुलुकको समृद्धि सुनिश्चित गर्न परिषद्ले अग्रसरता लिइरहनुपर्छ । नेपालको समृद्धि युवाको समृद्धिमा निर्भर छ र राष्ट्रिय युवा परिषद्ले यो अभियानलाई अझ गतिशील बनाउन हरसम्भव प्रयास गर्नुपर्छ ।
जय युवा ! जय नेपाल !
(लेखक कँडेल राष्ट्रिय युवा परिषद्की बोर्ड सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
-
भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे
-
तत्कालीन प्रदेश सचिव अधिकारीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली