रुसमाथि साइबर आक्रमण रोक्न ट्रम्पको आदेश

वासिङ्टन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किएपछि रुसका लागि राम्रा दिन सुरु भएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पेन्टागनको साइबर कमान्डलाई रुस विरुद्धको आक्रामक साइबर कारबाही रोक्न आदेश दिएका छन् ।
दुई पूर्व र एक वर्तमान अधिकारीले यस गोप्य आदेशबारे जानकारी दिएको भन्दै न्यूयोर्क टाइम्सले समाचार छापेको छ । युक्रेनमा शान्ति वार्ता होस् भनेर अमेरिकाले यो कदम चालेको बताइएको छ ।
हेग्सेथको आदेश रुस विरुद्धका सबै कारबाहीको पुनर्मूल्याङ्कनको अंश हो । यसलाई अहिलेसम्म सार्वजनिक रूपमा व्याख्या भने गरिएको छैन ।
यद्यपि, यो आदेश ओभल अफिसमा राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्की बिचको चर्काचर्की अघि जारी गरिएको भनिएको छ । आक्रामक र रक्षात्मक साइबर अपरेसनहरू बिचको रेखा अत्यन्तै धमिलो भएकोले रक्षा विभागको आदेश कति हदसम्म लागू हुनेछ र यसको अवधि कति हुनेछ भन्ने कुरा अझै अस्पष्ट छ । तर पुटिनको योजना बुझ्न र रुस भित्र चलिरहेको बहसहरू ट्र्याक गर्न यो महत्त्वपूर्ण भएको बताइएको छ ।
संवेदनशील कूटनीतिक वार्ता भइरहेका बेला सैन्य कारबाही रोक्नु सामान्य कुरा भएको र यसो गरिएन भने वार्ता अवरुद्ध हुनसक्ने पूर्व अधिकारीहरूले भनेका छन् । तर, ट्रम्प प्रशासनका लागि यो निकै ठुलो जोखिम भएको उनले बताए ।
युक्रेनप्रतिको आफ्नो समर्थनमा कमी नआएको युरोपेली शक्तिहरूले लगातार भन्दै आएका छन् । यसैबिच, ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न आफूलाई प्रायः तटस्थको रूपमा प्रस्तुत गरे पनि खुलेआम भने उनी पुटिनको पक्षमा उभिएको देखिएको छ ।
ट्रम्प प्रशासनको यो कदमको उद्देश्य पुटिनलाई अमेरिका र यसका युरोपेली सहयोगीहरू विरुद्धको उसको आक्रामकता कम गर्न लगाउनु भएको विश्लेषण गरिएको छ । तर रुसले त्यसो गरेको देखिँदैन । ट्रम्प प्रशासनको पहिलो हप्तामा रुसले अमेरिकी नेटवर्कहरूमा घुसपैठ गर्ने प्रयास गरेको अमेरिकी रक्षा अधिकारीहरूले भनेका छन् ।
धेरैजसो आपराधिक कार्यहरू रुसी गुप्तचर एजेन्सीहरूले अनुमोदन गरेका वा बेवास्ता गरेका अमेरिकी गुप्तचर अधिकारीहरूको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
पशुपतिको बालुवामा भ्रष्टाचार : काठमाडौँका दुई पूर्व एलडीओसहित ३ जना कारागार चलान
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै
-
ढिलो विवरण बुझाएको भन्दै कुलमानले पाए कार्यसम्पादनमा शून्य अंक
-
लाल मोहम्मदलाई गोली प्रहार गर्ने गुड्डु भारतमा पनि ‘वान्टेड’