बेलायती राजा चार्ल्सलाई भेट्दैछन् जस्टिन ट्रुडो

इडिनबर्ग । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार बेलायती राजा चार्ल्स तृतीयलाई भेट्दैछन् । यस भेटमा दुई जनाबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको धम्कीबारे छलफल हुनेछ । चार्ल्ससँगको भेटमा ट्रम्पले दिएको धम्कीको मुद्दा उठाउने ट्रुडोले बताएका हुन् । ट्रम्पले क्यानडालाई अमेरिकामा गाभ्ने र यसलाई अमेरिकाको ५१ औं राज्य बनाउने कुरा गरेका थिए ।
ट्रुडो यतिबेला बेलायतको भ्रमणमा छन् । आइतबार उनी युक्रेन मुद्दामा युरोपेली नेताहरूको महत्त्वपूर्ण बैठकमा सहभागी भएका थिए । चार्ल्सले ट्रुडोलाई सोमबार स्कटल्याण्डको राजकीय भ्रमणको लागि आमन्त्रित गरेका थिए । चार्ल्स क्यानडाका राज्य प्रमुख पनि हुन् । तर, क्यानडालाई अमेरिकामा गाभ्ने भनेर ट्रम्पले दिएको धम्कीप्रति अहिलेसम्म उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।
यसका कारण क्यानडामा राजा चार्ल्सप्रति आक्रोश बढेको छ । चार्ल्ससँग क्यानेडियनहरूका लागि महत्त्वपूर्ण धेरै मुद्दाहरूमा छलफल गरिने आइतबार ट्रुडोले लन्डनमा भनेका थिए । ‘क्यानेडियालीहरूका लागि यो समय सार्वभौमसत्ता र राष्ट्रको रूपमा हाम्रो स्वतन्त्रताको लागि उभिनुभन्दा महत्त्वपूर्ण अरू केही छैन’ उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
पशुपतिको बालुवामा भ्रष्टाचार : काठमाडौँका दुई पूर्व एलडीओसहित ३ जना कारागार चलान
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै
-
ढिलो विवरण बुझाएको भन्दै कुलमानले पाए कार्यसम्पादनमा शून्य अंक
-
लाल मोहम्मदलाई गोली प्रहार गर्ने गुड्डु भारतमा पनि ‘वान्टेड’