बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

छावाले तोड्यो जवानसहित यी १० फिल्मको रेकर्ड

सोमबार, १९ फागुन २०८१, ११ : २५
सोमबार, १९ फागुन २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री रश्मिका मन्डानाको फिल्म ‘छावा’ले बक्स अफिसमा एकपछि अर्काे रेकर्ड तोड्दै गएको छ । रिलिज भएको तेस्रो आइतबार फिल्मले शाहरुख खानको ‘जवान’ र ‘पठान’ सहित दश फिल्मको रेकर्ड तोड्यो । लक्ष्मण उतेकरको फिल्म ‘छावा’ ले रिलिजको तेस्रो दिनमा शानदार बढोत्तरीको साथमा २५ करोड भारु कमायो ।

फिल्मले ओपनिङ डेमा ३१ करोड भारु कमाई गरेको थियो । पहिलो आइतबार फिल्मको कमाई ४८ करोड ५० लाख भारु रह्यो । फिल्मले दोस्रो आइतबार ४० करोड भारु कमायो । फिल्मको कुल कमाईको कुरा गर्दा यसले अहिलेसम्म कुल ४५९ करोड ५० लाख भारुको व्यापार गरिसकेको छ ।

तेस्रो आइतबार ‘छवा’ ले सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड तोडेको छ । विक्की कौशलको यो फिल्मभन्दा पहिले तेस्रो आइतबार स्त्री २ ले २२ करोड, बाहुबली २ ले १७ करोड ७५ लाख, गदर २ले १६ करोड १० लाख भारु, जवानले १३ करोड ९० लाख कमाएर रकर्ड राखेको थियो ।

त्यस्तैगरी आमिर खानको दंगलले तेस्रो आइतबार १३ करोड ६८ लाख, रणवीर कपूरको एनिमलले १३ करोड ५० लाख शाहरुख खानको पठानले १२ करोड ६ लाख, अजय देवगनको तानाजीले १२ करोड ५ लाख भारु र आमिर खानको पीकेले ११ करोड ५० लाख भारु कमाएको थियो । छावाले २५ करोड रुपैयाँ कमाएर यी सबै रेकर्ड तोडेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप