सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लगातार तीन दिन सुनको मूल्य स्थिर

सोमबार, १९ फागुन २०८१, ११ : २२
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । लगातार तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारदेखि नै सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो । 

यसअघि बिहीबार भने सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ थियो । त्यसपछि शुक्रबार घटेर तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो । 

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । तीन दिनयता नै चाँदीको मूल्य तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप