सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

अपाङ्गता भएकी महिलालाई करणी गर्ने पुरुष १ वर्षपछि पक्राउ

सोमबार, १९ फागुन २०८१, १० : ५६
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँचीबाट ६३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–१२ कल्लाकोट घर भएका गोबिन्द्रप्रसाद बस्याल छन् ।

घटना भएको १ वर्षपछि उनलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले रातोपाटीलाई बताए । २६ वर्षीया महिलाले उनीविरुद्ध २०८१ जेठमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

पीडित महिलालाई आरोपीले घरमा काम गराउने गरेको र कोही नभएको मौकामा बलात्कार गरेको बताइएको छ । जबरजस्ती करणीको कारण पीडितले बच्चा जन्माएकी छन् ।

उनको बच्चा ३ महिनाको भएको छ ।  उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको इन्स्पेक्टर मरासिनीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप