युक्रेन पिस प्लानमा सहमति, अरू के के भयो ?

लन्डन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिबिच ह्वाइट हाउसमा जे भयो यसले विश्वव्यापी स्तरमा नयाँ प्रकारको तनाव सिर्जना गर्यो । जेलेन्स्की अमेरिकाबाट सिधै बेलायत आइपुगे । यहाँ बेलायती प्रधानमन्त्री किर स्टार्मरले उनलाई खुला मनले स्वागत गरे । युक्रेनको समर्थनमा बेलायतमा युरोपेली नेताहरूको आपत्कालीन बैठक बस्यो ।
स्टार्मरले आइतबार लन्डनमा युरोपेली नेताहरूको एक महत्त्वपूर्ण शिखर सम्मेलनको आयोजना गरेका थिए । युरोपेली नेताहरूको यस शिखर सम्मेलनमा, स्टार्मरले युरोपको सुरक्षाको बारेमा चिन्ता व्यक्त गरे अनि युक्रेनलाई सहयोग गर्ने आश्वासन दिए । यस सम्मेलनको उद्देश्य रुस–युक्रेन युद्धबाट उत्पन्न परिस्थितिको समाधान खोज्नुका साथै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको चर्को बहस थियो ।
बेलायती प्रधानमन्त्रीले युक्रेनमा शान्ति पुनर्स्थापना गर्न युरोपेली नेताहरूबिच शान्ति योजनामा सहमति भएको बताए । यसलाई पछि अमेरिकासामु पेस गरिनेछ । युक्रेनलाई सहयोग गर्न रक्षा खर्च बढाउनुपर्नेमा ईयू नेताहरूमाझ सहमति भएको छ ।
बैठकमा स्टार्मरले के भने ?
स्टार्मरले युक्रेन शान्ति योजनाको लागि बेलायत युक्रेन, फ्रान्स र अन्य देशहरू एकजुट हुनुपर्ने बताए । यो भाषण गर्ने समय नभएर काम गर्ने समय भएकोमा उनले जोड दिएका थिए । यो अगाडि बढ्ने र शान्ति ल्याउने समय भएको पनि उनले बैठकमा भने । युक्रेनमा शान्ति स्थापना गर्न राम्रो खालको सम्झौता हुनु युक्रेनका लागि मात्रै नभएर युरोपका लागि समेत महत्त्वपूर्ण भएको उनको भनाइ थियो ।
कमजोर सम्झौता गरेर पुटिनलाई फेरि आक्रमण गर्न अनुमति दिँदा विगतका गल्तीहरू दोहोरिनेमा उनले जोड दिए । युक्रेनको सहभागिता बिना युक्रेनबारे कुनै पनि छलफल हुनु हुँदैन भन्ने कुरा मनमा राख्नु पर्ने पनि स्टार्मरले बताए । ‘हामी यो कुरामा सहमत छौँ कि बेलायत, फ्रान्स र अन्य देशहरूले युक्रेनमा लडाई रोक्ने योजनामा काम गर्नेछन्, यसबारे अमेरिकासँग चर्चा गर्नेछौँ र उसलाई पनि साथमा लिएर अगाडि बढ्नेछौँ ।’ उनले भने ।
युरोपको सुरक्षाको सन्दर्भमा यो एक पुस्तामा एक पटक आउने धेरै महत्त्वपूर्ण अवसर भएको पनि उनले बताए । पश्चिमी देशहरूले युक्रेनलाई दिइने सहायता दोब्बर गर्नुपर्ने उनको भनाइ थियो । बेलायतले युक्रेनलाई नयाँ क्षेप्यास्त्र किन्न १.६ अर्ब पाउन्ड दिँदैछ । यस रकमबाट पाँच हजार हवाई रक्षा मिसाइलहरू खरिद गरिनेछ ।
के भन्छन् ईयूका नेताहरू ?
जर्मन चान्सलर ओलाफ स्कोल्जले आइतबारको बैठक धेरै महत्त्वपूर्ण भएको बताए । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई यो युरोपको समर्थन देखाउने अवसर थियो । ५० करोड युरोपेलीहरूले ३० करोड अमेरिकी नागरिकहरूलाई १४ करोड रुसीहरूबाट हामीलाई जोगाउन अपिल गरिरहेको पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बताए । ‘हामीहरूलाई आफैँमाथि विश्वास नभएकोले यस्तो भइरहेको छ,’ उनले भने ।
युरोपलाई सकेसम्म चाँडो हतियारबाट सुसज्जित गर्नु पर्ने युरोपेली आयोगका अध्यक्षले भने । आफूहरूले रक्षामा लगानी बढाउनु पर्ने अनि यो युरोपेली सङ्घको सुरक्षाको लागि आवश्यक भएको उनको भनाइ थियो । युरोपले अहिले नै सबैभन्दा खराब अवस्थाको लागि तयार हुनुपर्नेमा पनि उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवामा कांग्रेसका २ महामन्त्री र ४ विज्ञले के–के विषयमा दिए प्रशिक्षण ?
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
पशुपतिको बालुवामा भ्रष्टाचार : काठमाडौँका दुई पूर्व एलडीओसहित ३ जना कारागार चलान
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै
-
ढिलो विवरण बुझाएको भन्दै कुलमानले पाए कार्यसम्पादनमा शून्य अंक