युगान्डामा हुने चार राष्ट्र सम्मिलित शृङ्खलाका लागि महिला क्रिकेट टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा क्रिकेट संघको आयोजनामा हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि अन्तिम १४ सदस्यीय टोलीको महिला घोषणा गरेको छ । प्रतियोगिता मार्च ६ देखि १७ तारिखसम्म युगान्डामा सञ्चालन हुनेछ ।
क्यानले बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्येबाट अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरेको हो । ईन्दू बर्माको कप्तानीमा घोषित टोलीमा रुविना क्षेत्री बेल्वासे, सम्झना कुमारी खड्का, रचना कुमारी चौधरी रहेका छन् ।
यसैगरी, टोलीमा ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, बिन्दु रावल, अलिसा कुमारी यादव (विकेटकिपर), रोमा थापा, ईश्वरी विष्ट, साना प्रविन र रिया शर्माले पनि स्थान पाएका छन् ।
प्रतियोगितामा नेपाल र आयोजक युगान्डाका अतिरिक्त हङ्कङ र नामिबियाको पनि सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो खेल मार्च ८ तारिखमा युगान्डा र हङ्कङबिच खेलिने छ । सोही दिन दोस्रो खेलमा नेपाल र नामिबियाबिच भिडन्त हुनेछ ।
यसैगरी, मार्च ९ तारिखमा नेपाल र युगान्डा तथा हङ्कङ र नामिबियाबिच खेल हुनेछ । मार्च १० तारिखमा युगान्डा र नामिबिया तथा नेपाल र हङ्कङबिच भिडन्त हुनेछ । मार्च १२ तारिखमा नेपाल र नामिबिया तथा हङ्कङ र युगान्डाबिच खेल हुनेछ ।
यसैगरी, मार्च १३ तारिखमा नामिबिया र हङ्कङ तथा नेपाल युगान्डाबिच भिडन्त हुनेछ । मार्च १४ तारिखमा नेपाल र हङ्कङ तथा नामिबिया र युगान्डाबिच खेल हुनेछ । मार्च १६ तारिखमा पहिले तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल पनि सोही दिन खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल