सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा १४ समिति गठन

सोमबार, १९ फागुन २०८१, ०९ : ५१
सोमबार, १९ फागुन २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) को निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न समिति गठन गरेको छ । चैत ५ गते हुन गइरहेको निर्वाचन सम्पन्न गर्न नेविसंघले विभिन्न १४ वटा समिति र तिनका संयोजक तोकेको हो ।

स्ववियु निर्वाचनमा नेविसंघकाे तर्फबाट प्रत्यक्ष तथा समानुपातिक पदका उम्मेदवारलाई निर्वाचित गराउन र निर्वाचनमा नेविसंघकाे सहभागितालाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले निर्वाचन केन्द्रित समितिहरू गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए। 

त्रिविमा स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको छ। आज संघ संगठन दर्ताको कार्यतालिका रहेको छ।

IMG-20250303-WA0002

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप