ओस्कर अवार्ड : जोई सलडाना बनिन् उत्कृष्ट सह-अभिनेत्री

लस एन्जिलस । अमेरिकाको लस एन्जलसमा आयोजना भइरहेको ओस्कर अवार्डमा जोई सलडानाले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यो जोई साल्डानाको पहिलो ओस्कर अवार्ड हो।
'एमिलिया पेरेज' मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन्। ओस्कर अवार्ड प्राप्त गरेपछि जोई सलदानाले भनिन्, ‘म यो पुरस्कार प्राप्त गर्ने डोमिनिकन मूलको पहिलो अमेरिकी हुँ, मलाई थाहा छ म यो पुरस्कार प्राप्त गर्ने अन्तिम व्यक्ति हुनेछैन।’
यस वर्ष आयोजना भइरहेको ९७ औं ओस्कार अवार्डमा फिल्म 'अनोरा' ले उत्कृष्ट सम्पादनको अवार्ड जितेको छ। अहिलेसम्म पल टेजवेलले पोशाक डिजाइनको लागि ओस्कर पुरस्कार प्राप्त गरिसकेका छन्। यो श्रेणीमा कुनै अश्वेत व्यक्तिले ओस्कर पुरस्कार पाएको यो पहिलो पटक हो।
यसैबिच, इरानी फिल्म निर्माताहरू हुसेन मोलेमी र शिरिन सोहानीले 'द स्याडो अफ द साइप्रस' को लागि एनिमेटेड सर्ट फिल्मको श्रेणीमा ओस्कर पुरस्कार प्राप्त गरेका छन्।
लाटभियन फिल्म फ्लोले उत्कृष्ट एनिमेसनको श्रेणीमा यो पुरस्कार प्राप्त गरेको छ। लाटभियन फिल्मले ओस्कार जितेको यो पहिलो पटक हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागरण अभियान बहुआयामिक र गुणात्मक भएको माओवादीको निष्कर्ष
-
केपी ओली कपले यातायात अस्तव्यस्त
-
चुडामणि शर्माविरुद्धको मुद्दामा प्रमाण झिकाउन सर्वोच्चको आदेश
-
सकियो 'हरिबहादुरको जुत्ता'को छायांकन, फूलपातीमा रिलिज हुने
-
प्रकृति लम्साललाई न्याय दिलाउने परराष्ट्रमन्त्री आरजुको प्रतिबद्धता
-
‘कोशी’ नामबारे माओवादीको दोहोरो नीति कहिलेसम्म ?