नेपालगन्जमा राजावादीको प्रदर्शन
सोमबार, १९ फागुन २०८१, ०७ : ४९

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अगुवाइमा सोमबार बाँकेको नेपालगन्जमा प्रदर्शन गर्न लागिएको छ । महामन्त्री डा धवल शमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आगामी चैतमा हुने राजधानी केन्द्रित आन्दोलनको पूर्वतयारी स्वरूप नेपालगन्जमा मोटरसाइकल र्यालीसहितको प्रदर्शन गर्न लागेको हो ।
प्रवक्ता सगुन लावतीका अनुसार राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश खारेजी, भ्रष्टाचारको अन्त्य लगायतका माग राखेर प्रदर्शन गर्न लागिएको जानकारी दिए । स्थानीय रामलीला मैदानमा जम्मा भएर दिउँसो १२ बजेदेखि मोटरसाइकल र्याली गर्ने तय भएको उनको भनाइ छ ।
यसअघि समितिले धनगढीमा यस्तै र्याली गरिसकेको छ भने देशका प्रमुख सहरमा क्रमशः गर्दै गइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अझै समस्यामा समय, ‘इन्डियाज गट लेटेन्ट’ का सबै प्यानलहरूलाई बोलाइयो
-
तीव्र हावाहुरीले उत्तरी चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
-
शिक्षकहरूको आन्दोलन ११ औँ दिनमा : माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन
-
मनकुमार तामाङ
-
युवा पुस्तामा ट्याटु मोह, तस्बिरहरू
-
आर्थिक संकटमा ‘आइरन म्यान २’ का खलनायक, भन्छन्–‘ममाथि करोडौँको ऋण छ’