सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

सोमबार, १९ फागुन २०८१, ०५ : ३८
सोमबार, १९ फागुन २०८१

बागलुङ । किसानलाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।  किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो । 

नगरपालिकाले  किसानसँगको सहलगानीमा रु. सात हजार ७०० मा  मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए । 

‘मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो,’ उनले भने । नगरपालिका र  ५८ किसानको रु. चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए । विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनी टिलर हलो र मौरीका घार वितरण गरेको थियो ।  ्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप