सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

भोलेनाथको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल

सोमबार, १९ फागुन २०८१, ०५ : ०७
सोमबार, १९ फागुन २०८१

आज विक्रम संवत २०८१ साल फाल्गुन १९ गते, सोमबार । ईश्वी सन् २०२५ मार्च ३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–चतुर्थी,३९ घडी ३९ पला, बेलुकी १० बजेर २० मिनेट उप्रान्त पंचमी । नक्षत्र–रेवती, १० घडी १४ पला, बिहान १० बजेर ३४ मिनेट उप्रान्त अश्विनी । योग–शुक्ल, १५ घडी ५७ पला, दिउँसो १२ बजेर ५२ मिनेट उप्रान्त ब्रम्ह । करण–वणिज, बिहान ११ बजेर ३२ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर २० मिनेट उप्रान्त बव । आनन्दादिमा–मांतग योग । चन्द्रराशि–मीन, बिहान १० बजेर ३४ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४ मिनेट । दिनमान २९ घडी ० पला ।

आजको बार बेला   
बिहान ०६ बजेर २९ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ३१ मिनेटदेखि बिहान ७ बजेर ५६ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ५७ मिनेटदेखि  बिहान ९ बजेर २३ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर २४ मिनेटदेखि बिहान १० बजेर ५० मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म उद्धेग बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म चर बेला ।
दिउँसो १ बजेर ४५  मिनेटदेखि  दिउँसो ३ बजेर ११ मिनेटसम्म लाभ बेला ।
दिउँसो ४  बजेर ११ मिनेटदेखि  बेलुकी ४ बजेर ३८ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर ३८ मिनेटदेखि  बेलुकी ७ बजेर ३८ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ७ बजेर ५५ मिनेटदेखि  बिहान ९ बजेर २२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ५३ मिनेटदेखि बिहान ५ बजेर ४१ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) बिहानको समय मध्ययम रहेकाले अनाबस्यक खर्च बढ्ने योग रहेकोछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउने छ भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । सुन्दर तथा विलाशी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गर्ने लगानी कर्ताहरुको लागि समय उत्तम रहेकोछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) बिहानको समय पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकाले समयको गतिसँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रसस्त तयारी गरेर महत्वपूर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । र, पनि यात्रा वा कामको शिलशिलामा लामो दुरीको यात्राको प्रवल सम्भावना रहेकोछ

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजारमा पुराना वा नयाँ लगानी कर्ताको लागि समय उत्तम रहेकोछ । शिक्षा तथा बैंकसँग सम्बन्धित कामबाट लाभ लिन सकिनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) विभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।  नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नती हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) बिहानको समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाँड्हरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकाले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकाले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माइतीबीच वैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ, सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीच दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन, शेयरबजार तथा  उद्योगमा  लगानी गरि धन आर्जन गर्न सकिनेछ । सबैजना सहभागि हुने व्यापार व्यवसायमा लगानी गरी प्रसस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने उद्योग तथा शेयरबजारमा लगानी गर्ने अवसर आउनेछ । तपाईंको कुरा काट्ने तथा विरोध गर्नेहरु तपाईंकै प्रशंसा गर्न थाल्नेछन् । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछन् । शरीर स्वस्थ रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा राम्रो नतिजाका साथ तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) बिहानको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकाले व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ । शेयर बजारमा प्रवेश गरी लगानी गर्नको लागि समय उत्तम रहेकोछ ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकाले आफन्त, दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्रा तय गर्न सकिनेछ । उत्पादनमूखि व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चिनेहरुका लागि समय मध्ययम रहेकोछ ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसाय, शेयरबजार तथा उद्योगमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरु जोड्न सकिनेछ । सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरि नाफा कमाउन सकिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप