ला लिगा : बार्सा र लेगानेस विजयी, अन्य दुई खेल बराबरी
सोमबार, १९ फागुन २०८१, ०४ : ३२

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना र लेगानेस विजयी हुँदा अन्यले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राती भएको पहिलो खेलमा लेगानेसले गेटाफेलाई १-० ले हरायो ।
उसलाई विजयी गराउन डिएगो गार्सियाले निर्णायक गोल गरे । यस्तै, दोस्रो खेलमा बार्सिलोनाले रियाल सोसिडाडलाई ४-० ले हराउँदै शीर्ष स्थानमा पुनरागमन गर्यो ।
यस्तै, मलोर्का र डेपोर्टिभो अलाभेसले १-१ को बराबरी खेल्दा ओसासुना र भ्यालेन्सियाले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडे ।
२६औं चरणको एक खेल मात्रै बाँकी हुँदा अंक तालिकामा बार्सिलोना ५७ अंकका साथ पहिलो र एटलेटिको मड्रिड ५६ अंक अंंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको रियाल मड्रिडको ५४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेचन झाविरुद्धको मुद्दामा मिसिल झिकाउने आदेश
-
भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने ओली सरकारलाई दिए हुन्छ : बालेन शाह
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधान नहुँदा पार्टी नेतृत्व अप्ठ्यारोमा
-
प्रधानमन्त्री कप छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी
-
राप्रपा नेपालले चैत २६ मा बृहत् जनप्रदर्शन गर्ने
-
प्रधानमन्त्रीलाई प्रभुको प्रश्न : कुन नैतिकताले पदमा बस्नुहुन्छ ?