माथिल्लो अरुणको पहुँचमार्ग निर्माण सुरु

किमाथाङ्का । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ ।
पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिए । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो । आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।
भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ । प्रशासन प्रमुख चौहानका अनुसार उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी एक लाख ५० हजार तोकिएको थियो । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडीए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिने छन् । आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन रु १३ करोड ६५ लाख वन विभागलाई भुक्तानी गरिसकेको छ ।
पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ । पहुँचमार्ग निर्माण गर्न सात अर्ब ९१ करोड ३९ लाख रकम विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकाे कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन केपी ओलीलाई विद्या भण्डारीको सुझाव
-
खाना पकाउने तेलले तपाईंको स्वास्थ्यमा कस्तो पारिरहेको छ असर ?
-
प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
रास्वपाको कार्यवाहक प्रवक्तामा झा फर्किए
-
इजरायल-जोर्डन सीमामा गोली चल्दा एक भारतीयको मृत्यु
-
मेस्सीको अनुपस्थितिमा स्वारेज चम्किएपछि इन्टर मियामीको शानदार जित