सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

पाँच महिनामै फेरिए लमजुङका डीएसपी, श्रीवास्तवको ठाउँमा बोहरा

आइतबार, १८ फागुन २०८१, २२ : २२
आइतबार, १८ फागुन २०८१

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी पाँच महिनामै फेरिएका छन् । डीएसपी निशान्त श्रीबास्तवलाई हटाएर प्रहरी प्रधान कार्यालयले रेशम बोहरालाई पठाएको छ । बोहरालाई लमजुङका काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

श्रीवास्तव २०८१ असोज १७ मा लमजुङमा हाजिर भएका थिए । उनलाई प्रहरी प्रधान कार्यालयस्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा ल्याइएको छ ।

त्यस्तै, सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरमा माधव काफ्लेलाई पठाइएको छ । त्यहाँ कार्यरत महेन्द्र नेपाल हेडक्वार्टरमा सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा वीरदत्त पन्तलाई पठाइएको छ । लमजुङ सरुवा भएका बोहरा पश्चिम नवलपरासीमा कार्यरत थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप