कैलालीमा राष्ट्रपति रनिङ शिल्ड : घोडाघोडी नगरपालिका पहिलो

धनगढी । कैलालीमा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा घोडाघोडी नगरपालिकाले २५ स्वर्ण, १४ रजत र २० कांस्य सहित कुल ५९ पदक जितेर पहिलो स्थान हासिल गरेको छ।
प्रतियोगितामा धनगढी उपमहानगरपालिका ३८ पदक (२४ स्वर्ण, ९ रजत, ५ कांस्य) सहित दोस्रो र गोदावरी नगरपालिका ३९ पदक (१२ स्वर्ण, १५ रजत, १२ कांस्य) सहित तेस्रो स्थानमा रहेका छन्।
प्रतियोगितामा सहभागी अन्य पालिकामा गौरीगङ्गा नगरपालिकाले २९, लम्किचुहा नगरपालिकाले १३,टिकापुर नगरपालिकाले २२, मोहन्याल गाउँपालिकाले ६, जानकी गाउँपालिकाले ३, चुरे गाउँपालिकाले ३, बर्दगोरीया गाउँपालिकाले ३, भजनी नगरपालिकाले १ पदक जितेका छन् भने कैलारी गाउँपालिका पदक विहीन भएको छ ।
टीकापुर, मोहन्याल, जानकी चुरे बर्दगोरीया भजनी र कैलाली स्वर्णविहीन भए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो ।
प्रत्येक वर्ष धनगढीमा हुँदै आएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यो वर्ष कैलालीको घोडाघोडी नगरपालिका भित्रमा भएको थियो । आगामी वर्ष हुने १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बर्दगोरिया गाउँपालिकामा हुने भएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
-
भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच