भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो, थप तीन जना घाइते
आइतबार, १८ फागुन २०८१, २२ : १०

भक्तपुर । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक आइतबार पैदलयात्रीको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
मोटरसाइकलले ठक्कर दिँदा भक्तपुर नगरपालिका–७ गोल्मढीकी ७० वर्षीया तुलसीमाया तुसिबाखको मृत्यु भएको प्रहरी वृत्त जगातीले जनाएको छ ।
जगातीबाट साँगातर्फ जाँदै गरेको बा४१प ३३४ नंको मोटरसाइकलले सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक ठक्कर दिँदा तुसिबाखको मृत्यु भएको हो ।
सोही मोटरसाइकलकै ठक्करबाट अन्य तीनजना घाइते भएका छन् । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको ‘झट्का’ले संविधान संशोधनको मुद्दा ओझेलमा
-
सगरमाथा संवाद विश्वव्यापी पहल हो : राज्यमन्त्री विक
-
अनियन्त्रित भएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
-
नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री