भारत बन्यो समूह विजेता, सेमिफाइनलमा अस्ट्रेलियासँग भिड्ने

दुबई । आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्याण्डलाई हराउँदै समूह एको विजेता बनेको छ । आइतबार राति भएको खेलमा भारत ४४ रनले विजयी बनेको हो । भारतले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य पछ्याउँदा न्युजिल्याण्ड ४५.३ ओभरमा २०५ रनमा अलआउट हुन पुग्यो ।
न्युजिल्याण्डका लागि केन विलियमसनले सर्वाधिक ८१ रनको योगदान दिए । उनले १२० बलमा ७ चौका प्रहार गरे । कप्तान मिचेल स्यान्टनरले २८ रन तथा विल यङले २२ रन बनाए । डेरल मिचेल १७ रन बनाएर पभेलियन फर्किए ।
भारतका लागि वरुण चक्रवर्तीले १० ओभर बलिङ गर्दै ४२ रन खर्चेर ५ विकेट लिए । कुलदीप यादवले २ विकेट तथा हार्दिक पाण्ड्या, अक्षर पटेल र रवीन्द्र जडेजाले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको थियो । भारतका लागि श्रेयस ऐयरले सर्वाधिक ७९ रनको योगदान दिए ।
उनले ९८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । उनलाई अक्षर पटेलले ६१ बलमा ४२ रन जोडेर राम्रो साथ दिए । पटेलले ३ चौका र १ छक्का हिर्काए । हार्दिक पाण्ड्याले ४५ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गरे । केएल राहुलले २३ रन बनाए भने रवीन्द्र जडेजाले १६ रन जोडे ।
कप्तान रोहित शर्मा १५ रन तथा विराट कोहली ११ रन बनाएर पभेलियन फर्किए । शुभमन गिलले २ रन मात्र बनाउन सके । न्युजिल्याण्डका लागि म्याट हेनरीले ८ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ५ विकेट लिए । कायल जेमिसन, विल ओ’रोर्क, मिचेल स्यान्टनर र रचिन रवीन्द्रले १–१ विकेट हात पारे ।
अब भारतले मंगलबार हुने पहिलो सेमिफाइनलमा समूह बीको उपविजेता अस्ट्रेलियासँग खेल्नेछ । न्युजिल्याण्डले बुधबार समूह एको विजेता दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
ICC Champions Trophy, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ‘भड्काए पनि नभड्किनु’ भनेर जेलेन्स्कीलाई पहिल्यै दिइएको थियो चेतावनी ?
-
कांग्रेसका तीन वटा कार्यक्रममा शेखर अनुपस्थित, पूर्णबहादुरसँग वरीयता विवाद
-
काठमाडौँ र भक्तपुरमा चोरी
-
जुवातास खेलिरहेका १५ जना पक्राउ
-
लेनदेनको विषयमा हत्या गरी फरार युवक पक्राउ
-
दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्न जापानसँग मन्त्री अधिकारीको आग्रह