एमाले निर्णय
पार्टीको अनुमति बेगर एमाले नेता विदेश जान नपाउने
आइतबार, १८ फागुन २०८१, २१ : ०१

काठमाडौँ । अबदेखि नेकपा एमालेका नेताहरू पार्टीको अनुमति बेगर विदेश भ्रमणमा जान नपाउने भएका छन् ।
आइतबार बसेको एमाले सचिवालय बैठकले नेताहरूको विदेश भ्रमणबारे आचार संहिता बनाएको हो ।
महासचिव शंकर पोखरेलले पार्टीले बनाएको 'कोडअफ कन्डक्ट' (आचारसंहिता)मा जुनसुकै नेताले विदेश जानुपरेमा पार्टीको अनुमति अनिवार्य लिनुपर्ने बताए ।
‘विदेश भ्रमण जानु पूर्व पार्टीसँग अनुमति लिनुपर्ने, कुन संस्थाले कुन प्रयोजनका लागि कार्यक्रम आयोजना गरेको हो भन्ने पर्याप्त जानकारी रहनुपर्ने छ’, महासचिव पोखरेलले भने, ‘विदेश गइसकेपछि पार्टी र मुलुकको प्रतिष्ठा बढाउने भुमिका निर्वाह गर्नुपर्ने र आइसकेपछि व्यवस्थित रिपोर्ट पेस गर्नुपर्ने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?