बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्ने

म्युनिख । बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ ।
प्लान्टले न्यु क्लास (नयाँ पुस्ता) ईभी मोडलहरूको उत्पादनको तयारीलाई पनि अघि बढाइरहेको छ, जसको उत्पादन सन् २०२६ को गर्मीमा सुरु हुने तालिका छ । बीएमडब्लु समूहले सन् २०३० सम्ममा ईभीको विश्वव्यापी मागमा उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ ।
हाल, म्युनिख प्लान्टले न्यु क्लास ईभी मोडेलहरूको सहज उत्पादन सुनिश्चित गर्न तीन नयाँ उत्पादन हलहरू निर्माण गरिरहेको छ । ‘उत्पादन प्रक्रिया र सटीक स्वचालन कन्फिगरेसनहरू अनुकूलन गरेर म्युनिख प्लान्टले उत्पादन लागतहरू घटाउने र समग्र उत्पादन दक्षता सुधार गर्नेछ,’ म्युनिख प्लान्टका प्रमुख पिटर वेबरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा