वनमा दुई जना मृत फेला : प्रारम्भिक अनुसन्धानमा घटना शङ्कास्पद भेटिएन

धनगढी । धनगढी सामुदायिक वनमा मृत फेला परेका दुई जनाको घटना शङ्कास्पद नभेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले सो कुरा बताएका हुन् ।
आइतबार बिहान धनगढी–उपमहानगरपालिका–९ गौरीकटानको सालघारी सामुदायीक वनमा अन्दाजी ५३ वर्षका कैदा राना र अन्दाजी ३५ वर्षका देवल चौधरी फरक–फरक तरिकाले मृत फेला परेका थिए। उनीहरू दुवै जना वडा नम्बर १० का स्थायी बासिन्दा हुन्।
देवल चौधरी जामुनको रूखमा साइकलमा सामान बाँध्ने डोरीले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान उनले आफै आत्महत्या गरेको देखाएको हो।
उक्त ठाउँबाट २० मिटर टाढा कैदा राना भुईँमा पल्टेको अवस्था मृत फेला परेका थिए। उनले विष सेवन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । कैदा र देवल शनिवार साँझदेखि घरबाट सम्पर्क विहीन बनेका थिए।
मृतक कैदाका दुई छोरा थिए। सात महिना अघि कान्छो छोरो बितेका थिए। उनी त्यही शोकमा थिए। देवलका भने छोराछोरी र श्रीमती सकुशल छन्। प्रारम्भिक अनुसन्धानले घटना शङ्कास्पद नभई आत्महत्या भएको प्रहरीले जनाएको छ। यद्यपि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक