पूर्वराजा ज्ञानेन्द्रको सन्देश राष्ट्रिय मेलमिलापको प्रस्ताव : कमल थापा

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भित्र विद्यमान अन्तर्विरोध र विरोधाभासको परिणाम स्वरूप यो व्यवस्था स्वत: धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र भ्रष्ट प्रवृत्तिको कारण यो व्यवस्था असफल भएको उनले टिप्पणी गरेका हुन्।
आइतबार भक्तपुरमा आयोजित पार्टीको मध्यमाञ्चल विकास क्षेत्र समन्वय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रबाट दिइएको सन्देश देशलाई संकटबाट मुक्त तुल्याउने सदाशयताका साथ आएको राष्ट्रिय मेलमिलापको प्रस्ताव भएको बताए । उनले यो प्रस्तावलाई सकारात्मक रूपमा लिएर हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना एवं संघीयताको खारेजीका निम्ति सोच्न सबै राजनीतिक दलहरूलाई आग्रह समेत गरे ।
थापाले राजासहितको प्रजातन्त्र भनेको निरङ्कुश व्यवस्था नभएको भन्दै राजा र जनताको साझेदारीले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउने बिचार प्रकट गरे । उनले राजाको सन्देश प्रजातन्त्र, बहुदलीय संसदीय व्यवस्था र दलहरूको विरुद्धमा नभएको समेत स्पष्ट पारे । देशलाई संकटबाट मुक्त तुल्याउन राजाले सहयोगको लागी गरेको आह्वानलाई राप्रपा नेपाल स्वागत गर्ने उनको धारणा थियो।
राष्ट्रले भोग्नुपरेको संकटबाट मुक्तिको निम्ति राजाले सहयोग मागेको बेलामा पनि राजावादी, हिन्दुवादी र राष्ट्रवादीहरू एक ठाउँमा उभिन नसक्नु दुर्भाग्यपूर्ण भएको उनको ठहर छ । अर्को तर्फ केही अराजक तत्त्वहरूबाट राजा र हिन्दुराष्ट्रको नाम लिँदै तथा गैरजिम्मेवार वक्तव्य दिने, परिस्थितिलाई उत्तेजित बनाउने एवं राजा र दलहरू बिचको सम्बन्ध बिगार्ने काम हुनु उदेकलाग्दो भएको भन्दै थापाले यस्तो प्रवृत्ति हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको सम्भावना खलबल्याउने षडयन्त्र हुन सक्ने आशङ्का गरे ।
थापाले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्षमा निरन्तर सशक्त ढंगले संघर्ष गरी रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल जस्ता स्थापित शक्तिहरूको विकल्पमा केही अराजक, गैरजिम्मेवार र अराजनीतिक समूहलाई उचाल्ने काम रहस्यमय छ। राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको क्रममा यस्तो कार्य अत्यन्त घातक र आत्मघाती हुन्छ हुने उनको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजनन् स्वास्थ्य अधिकार संशोधन विधेयक संसद्मा लैजाने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया
-
बार निर्वाचन : एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार को ?
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू