सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सकियो, ६ करोडको कारोबार

आइतबार, १८ फागुन २०८१, २० : ०२
आइतबार, १८ फागुन २०८१

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको छ । हेटौँडा–१० स्थित टीसीएन चौरमा भएको महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको संघले जनाएको छ ।

महोत्सवमा ६ करोड रुपैयाँ बराबरको कारोबार भएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले बताए । उनले महोत्सवबाट बचेको रकमलाई निर्माण व्यवसायी संघको नयाँ भवन निर्माणमा प्रयोग गरिने जानकारी दिए ।

महोत्सवमा निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीको प्रदर्शनीसँगै विक्रीलाई जोड दिइएको उनको भनाइ थियो । महोत्सवको माध्यमबाट निर्माण सामग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्क हुनुका साथै यसबाट व्यवसाय वृद्धिसँगै उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन भएको उनले दाबी गरे ।

महोत्सव समापन कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि सिंहले निर्माण व्यवसायीहरु अहिले राज्यका कारण पीडित भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप