अपराध
राजधानीको टोखामा गोली चल्यो
आइतबार, १८ फागुन २०८१, १९ : ०८

काठमाडौँ । राजधानीको टोखामा गोली चलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार गोली चलाएको हो। प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।
गोली प्रहार गरेर गुड्ड पटेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार पटेल लाल मोहम्मद हत्या प्रकरणमा संलग्न आरोपी हुन्।
२०७९ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । दुईजना सुटरले गोली हानेर भक्तपुरको गोठाटारमा २०७९ असोज ३ मा लाल मोहम्मदको हत्या भएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक
-
कोशी प्रदेश लगानी सम्मेलन : संघीय सरकारलाई उछिन्ने गरी लगानी प्रतिबद्धता हुने दाबी
-
उल्टो बाटोमा जसपा नेपाल : महाधिवेशनपछि पालिका, जिल्ला र प्रदेशको अधिवेशन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मकवानपुर गुडिरहेको कारमा आगलागी
-
बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा