अपडेट
एमडीएमएस खरिद अनियमतिता सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
आइतबार, १८ फागुन २०८१, १८ : ४६

काठमाडौँ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भएको भनिएको अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा हेर्दाहेर्दैमा राखिएको छ ।
आइतबार विशेषका न्यायाधीश टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले सुनुवाइ पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
एमडीएमएस खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित १९ जनाविरुद्ध भ्रष्टाचार गत वर्ष चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
आयोगले प्रतिवादीविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।
अख्तियारले पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायतलाई पनि प्रतिवादी बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्यप्रसादलाई ‘डुबाउने’ मापदण्डको व्यवस्था अर्थमन्त्रालयद्वारा खारेज
-
तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह
-
रविको आक्रोश– भिजिविलिटी गुमाइसकेको सरकार कुन नैतिकताका आधारमा बसेको छ ?
-
मकवानपुरमा अफिम कारोबारीले लुटे प्रहरीको पेस्तोल
-
१० बजे १० समाचार : तीनकुने घटनामा पूर्वराजा जिम्मेवार : ओली, पार्टी राजनीतिमा फर्किए रवि
-
राजसंस्था, राजनीतिक दल र जनता एकैठाउँमा अटाउने मिलनबिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द