हेनरीको घातक बलिङ, भारतले दियो २ सय ५० रनको लक्ष्य

दुबई । आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा भारतले न्युजिल्याण्डसामु २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको हो ।
भारतका लागि श्रेयस ऐयरले सर्वाधिक ७९ रनको योगदान दिए । उनले ९८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । उनलाई अक्षर पटेलले ६१ बलमा ४२ रन जोडेर राम्रो साथ दिए । पटेलले ३ चौका र १ छक्का हिर्काए ।
हार्दिक पाण्ड्याले ४५ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
केएल राहुलले २३ रन बनाए भने रवीन्द्र जडेजाले १६ रन जोडे । कप्तान रोहित शर्मा १५ रन तथा विराट कोहली ११ रन बनाएर पभेलियन फर्किए । शुभमन गिलले २ रन मात्र बनाउन सके ।
न्युजिल्याण्डका लागि म्याट हेनरीले ८ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ५ विकेट लिए । कायल जेमिसन, विल ओ’रोर्क, मिचेल स्यान्टनर र रचिन रवीन्द्रले १–१ विकेट हात पारे ।
समूह ए बाट न्युजिल्याण्ड र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । दुवै टोलीको २ खेलबाट समान ४–४ अंक रहेको छ । आजको खेलले समूहको विजेता टुंगो लगाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइल बोकेर म आफैँ सिंहदरबार गएँ : मुख्यमन्त्री लामा
-
‘मोहर’को फस्टलुक रिलिज, यस्तो छ पल, बेनिशा र नीतिको गेटअप
-
दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पार्ने मालिक पक्राउ
-
‘जार’मा बाघको अभिनयका लागि कति भयो खर्च ?
-
फिल्म ‘पिताम्बर’हेरेपछि चलचित्रकर्मीले गरे निर्देशक कृषाको तारिफ
-
मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत