सचिवालय बैठक
एमालेका जनसङ्गठनमा स्थायी कमिटी खारेज
आइतबार, १८ फागुन २०८१, १८ : ११

काठमाडौँ । नेकपा (एमाले) ले जनसङ्गठनहरूमा स्थायी कमिटी नराख्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले जनसङ्गठनहरूको केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो ।
सचिवालय बैठकपछि महासचिव शङ्कर पोखरेलले पार्टीका जनसङ्गठनमा स्थायी कमिटी नरहने निर्णय गरेको बताए । ‘जनसङ्गठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो । अब स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय भएको छ’ पोखरेलले सचिवालयको निर्णय उद्धृत गर्दै जानकारी दिए ।
साथै उनले कमिटीहरूको सङ्ख्या घटाउने निर्णय भएको बताए । जनसङ्गठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म
-
बार निर्वाचनको मतदाता नामवलीमा विवाद : भोलिदेखि निर्वाचन समितिको कार्यालय घेराउको घोषणा
-
'यौन श्रम पनि एक प्रकारको श्रम नै हो, यसलाई निरपराधीकरण गरिनुपर्छ'
-
सोह्र वर्षपछि अछाम दरबारको निर्माण कार्य सम्पन्न