एमाले सचिवालय बैठक
पाथीभरा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन एमालेको ध्यानाकर्षण
आइतबार, १८ फागुन २०८१, १७ : ५७

काठमाडौँ । नेकपा एमालेले पाथीभरामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सबै पक्षसँग छलफल र संवाद गरी केबलकार निर्माण गर्नतर्फ लाग्नुपर्ने सुझाव समेत दिएको छ ।
बैठकपछि महासचिव शंकर पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने कुरामा पार्टीले चासो राखेको बताए ।
‘यसबारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ,’ बैठकपछि पोखरेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक