नागरिक लगानी कोषका सहभागीहरूलाई र गंगालाल छुट हुने
आइतबार, १८ फागुन २०८१, १७ : ४३

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।
सो छुट सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रबी मल्लले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनु हुनेछ । छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको कोषले आइतबार जारी गरेको प्रेस नोटमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बल्ल पर्यो पानी, किसानलाई राहत
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता
-
समुद्रमा नेपाली झन्डासहित पानीजहाज चलाउने बाटो खुल्दै
-
केपी ओली कप फुटबल : मछिन्द्रको ह्याट्रिक, त्रिभुवन आर्मी क्लब पराजित
-
समाजलाई अनुशासित र चरित्रवान् बनाउन नैतिक शिक्षा सुधार गर्नुपर्छ : खिलराज रेग्मी