राष्ट्रियसभा बैठक
राष्ट्रियसभाबाट एउटा विधेयक पारित, तीन विधेयक पुनः पारित
आइतबार, १८ फागुन २०८१, १६ : २६

काठमाडौँ । राष्ट्रियसभाको आइतबार बसेको बैठकले एउटा विधेयक पारित गरेको छ । तीन विधेयक पुनः पारित गरेको छ । समग्रमा राष्ट्रियसभामाबाट आज चार विधेयक पारित भएका छन् ।
बैठकले राष्ट्रियसभामै उत्पति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । अब यो विधेयक प्रतिनिधिसभामा पठाइनेछ । राष्ट्रियसभाले पहिला सभामै उत्पत्ति भएर पारित गर्दै प्रतिनिधिसभामा पठाएका तीन विधेयक प्रतिनिधिसभाले पारित गरेर पठाएपछि पुनः पारित गरेको छ ।
भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक आजको राष्ट्रियसभा बैठकले पुनः पारित गरेको हो । यी विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कानुन बनेर लागू हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बबरमहल फुटपाथको हरिबिजोग, तस्बिरमा हेर्नुहोस्
-
प्रधानमन्त्री र विश्व चर्चित गोलरक्षक बुफोनको उपस्थितिमा उपाधिका लागि भिड्दै आर्मी र मच्छिन्द्र
-
स्ववियुमा मेरो दाबी
-
स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा १४ समिति गठन
-
युरोपेली देशका नेताहरूसँग भेटघाटपछि जेलेन्स्कीले अमेरिकाबारे के भने ?
-
ओस्कर अवार्ड : जोई सलडाना बनिन् उत्कृष्ट सह-अभिनेत्री