निजामती विधेयकमा सहमति जुटाउन उपसमितिद्वारा लोकसेवा आयोगसँग छलफल

काठमाडौँ । संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभाअन्तर्गतको संसदीय उपसमितिले लोकसेवा आयोगसँग छलफल गरेको छ । आइतबार उपसमितिले लोकसेवा आयोगका पदाधिकारीहरूसँग छलफल गरेको हो ।
उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसमितिका संयोजक एवं नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामती सेवा ऐनको तयारीमा आफूहरू लागिरहेको र संघीय निजामती सेवा ऐनको गठन, सञ्चालन, सेवा र सर्तका सम्बन्धमा प्रस्तावित विधेयकमा धेरै छलफल भइसकेको बताए । मुलुकमा संघीयता लागू भइसकेपछि विधेयकलाई अझै अगाडि ल्याउनुपर्नेमा नसकिरहेको अवस्था रहेको उनको भनाई थियो ।
अहिले आएको विधेयक धेरै पक्षलाई समेटेर आएको उल्लेख गर्दै बडूले यसलाई टुंग्याउन केही विवादित विषयहरू देखिन थालेपछि आन्तरिक गृहकार्य गरेको बताए । विधेयकमा केही नीतिगत विषयहरूमा स्पष्ट हुन सके विधेयकको दफामा धेरै समय छलफल गरिरहन नपर्ने उल्लेख गरे ।
१४ वटा विषयहरू सहमतिका लागि तयार पारेको उनले उल्लेख गरे । संघीय निजामती सेवा समेत तहगत प्रणालीमा लैजाने भन्ने सांसदहरूबिचको छलफल भएको र प्रस्तावहरू दुवै किसिमले आएको उनको भनाई थियो।
उनले संघमा तहगत र श्रेणी एकसाथ जाने गरी सहमति गरेको पनि जानकारी दिए । उनले कुलिङ पिरियड राख्नुपर्नेमा अधिकांश सांसदहरू सहमत रहेको जिकिर गरे । तोकिएको समयभित्रै उपसमितिले प्रतिवेदन समितिलाई बुझाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित