बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

दुई तिहाइको बहादुरी कुलमानमाथि नदेखाऊ : बस्नेत

आइतबार, १८ फागुन २०८१, १५ : ५३
आइतबार, १८ फागुन २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई छोडेर सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै बस्नेतले एउटा राष्ट्रसेवक कर्मचारीविरुद्ध सरकारले सार्वजनिक मञ्चबाटै विरोधमा उत्रिनु र पटक पटक स्पष्टीकरण सोध्नु अशोभनीय कार्य भएको बताएका हुन् ।

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ सरकार देश र जनताको आवश्यकतालाई लत्त्याउँदै सीमित स्वार्थ समूहको हितमा काम गरिरहेको छ,’ बस्नेतले भने । उनले सरकारले आफ्नो असक्षमतालाई लुकाउन कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोध्ने गरेको बताए । सरकारले दुई तिहाइको बहादुरी एउटा राष्ट्रसेवक कर्मचारीमाथि नदेखाउन समेत सुझाव दिए ।

 नेपाली कांग्रेस र नेकपा एमालेले संविधानको प्रगतिशील चरित्रलाई परास्त गर्न संविधान संशोधनको कुरा अगाडि ल्याएको बताए । व्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न लाग्नुपर्नेमा सरकार परिवर्तनका एजेण्डालाई सीमित गर्न लागि परेको बताए ।

पूर्वगृहमन्त्री समेत रहेका बस्नेतले माओवादीको अगुवाइमा अहिलेको परिवर्तन आएको तर त्यसको नेतृत्व अरूले गरेका कारण अहिलेको समस्या देखा परेको बताए । सरकार आफैले ल्याएको अध्यादेशका कारण गम्भीर नैतिक संकटमा फसेको बस्नेतको भनाई थियो । 

संसद् नचलेको वा चल्न नसक्ने अवस्थामा अध्यादेश ल्याउन पाउन सरकारको कानुनी अधिकार भए पनि रातारात अध्यादेश ल्याइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप