म्याट रोस बने नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक, एन्फाले गर्यो एक वर्षको सम्झौता

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लामो समयदेखि रिक्त रहेको उक्त पदमा उनलाई आइतबार नियुक्त गरेको हो ।
प्रमुख प्रशिक्षक म्याट रोससँग एक वर्षका लागि सम्झौता गरिएको एन्फाले आइतबार जनाएको छ । एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र म्याट रोसले आइतबार नै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
म्याट रोसको प्रमुख प्रशिक्षकत्वमा राष्ट्रिय फुटबल टोलीले आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि एन्फाले व्यक्त गरेको छ ।
एन्फाले आइतबार नै प्रमुख प्रशिक्षक म्याट रोसलाई औपचारिक रुपमा सार्वजनिक गर्ने भएको छ । यसका लागि एन्फाले आइतबार अपराह्न १६ः०० बजे कार्यक्रमको आयोजना गरेको छ ।
एन्फाले सञ्चारकर्मीसँग मुख्य प्रशिक्षकको अन्तरक्रिया कार्यक्रम पनि राखेको छ । भिनसेन्जो अल्बर्टो एनेसको स्थानमा म्याट रोसलाई प्रमुख प्रशिक्षक बनाइएको हो ।
गत भदौमा एन्फाले एनेसको सम्झौता नविकरण नगरेपछि राष्ट्रिय टोली प्रमुख प्रशिक्षकविहीन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?