एन्फाका महासचिवले गम्भीर आरोप लगाएको भन्दै कानुनी उपचार खोज्ने गणेश थापाको चेतावनी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सार्वजनिक रुपमा आफूमाथि गम्भीर र कपोलकल्पित आरोप लगाएको भन्दै एन्फाका पूर्वअध्यक्ष गणेश थापाले कानुनी उपचारको खोजी गर्ने चेतावनी दिएका छन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै एन्फा महासचिव राईलाई यस्तो चेतावनी दिएका हुन् । महासचिव राईले एक टेभिलिजन कार्यक्रममार्फत आफूमाथि गम्भीर प्रकृतिको आरोप लगाएको जानकारी पूर्वअध्यक्ष थापाले दिएका छन् ।
‘एक टेलिभजिनमा एन्फाका महासचिव ज्युले यस्तो कुरा गर्नु भएछ, त्यो सुन्दा मलाई हाँस उठ्यो । यति ठुलो भ्रम, यति कपोलकल्पित । कहाँबाट यस्तो कुराहरु आउँछ के उहाँलाई १ उहाँले त्यस्तो गम्भीर प्रकृतिको आरोप मलाई लगाउनु भएको छ,’ पूर्वअध्यक्ष थापाले भनेका छन् ।
थापाले महासचिव राईलाई आफ्नो दाबी प्रमाणहरुद्वारा पुष्टी गर्न, गल्ति स्वीकार गर्न वा कानुनी कारवाहीका लागि तयार रहन चेतावनी दिएका छन् । महासचिव राईले बोलेका कुराहरुलाई आफूले गम्भीरतापूर्वक लिएको पनि थापाले बताएका छन् ।
‘तपाइँ मेरो पुरानो भाई हो । मैले गल्ति गरेँ, आवेशमा बोलेँ भनेर आत्मालोचना गर्नुभयो भने म तपाइँलाई माफ गरिदिन्छु । होइन भने मैले कानुनी उपचारमा जानु पर्छ । तपाइँले बोलेका कुराको प्रमाण त ल्याउनु पर्यो नि । अब प्रमाण जुटाउनतिर लाग्नुस । सक्नुभएन भने स्वभाविक रुपमा तपाइँ करवाहीको दायरामा आउनु पर्छ,’ थापाले भनेका छन् ।
थापाले आगामी दिनमा फुटबलमा यस्तो कपोलकल्पित आरोप कसैले कसैलाई नलगाओस् भन्नका लागि पनि आफू कानुनी उपचारको खोजीमा जाने तयारीमा रहेको बताएका छन् । ‘आगामी दिनमा फुटबलमा यस्तो कपोलकल्पित आरोप कसैले कसैलाई नलगाओस् भनेर पनि मैले कानुनी उपचारको खोजीमा जानुपर्ने अवस्था । यो अवस्था तपाइँले सृजना गर्नुभयो । यसका लागि धन्यवाद,’ थापाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड
-
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ–नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको जोड