राष्ट्रिय खेलकुद समयमै नहुँदा खेलाडीहरूमाथि अन्याय भयो, खेलकुदमन्त्रीले जवाफ दिनुपर्छ: सांसद विष्ट

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले सरकारले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्दा समग्र खेलाडीमाथि अन्याय भएको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद विष्टले अझै पनि खेलकुद सारिएको मितिमा हुने कुनै ग्यारेन्टी नभएको बताए । उनले भने, ‘कर्णाली प्रदेशमा हुन लागेको दसौँ राष्ट्रिय खेलकुदलाई पछि सारेर त्यहाँका समग्र खेलाडीमाथि अन्याय भएको छ । अझै पनि तोकिएको समयमा खेलकुद हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । दुई वटा संसदीय समितिमा आएर मन्त्री आफैँले चैत्र २३ गते गर्ने प्रतिबद्धता गर्नुभएको थियो । उहाँले त्यो प्रतिबद्धतालाई उल्लङ्घन गर्नुभएको छ ।’
उनले अब तोकिएको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा खेलकुद मन्त्रीले जवाफ दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै