नेपाल कानून व्यवसायी परिषद् संशोधन विधेयक पारित
आइतबार, १८ फागुन २०८१, १३ : ५५

काठमाडौँ । राष्ट्रिय सभाको आईतवारको बैठकले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि निर्णय गरियोस् भनी राखेको प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
मन्त्री चौरसियाले कानून व्यावसायी प्रतिष्ठान (लयर्स एकेडेमी)को स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताए ।
उनले कानून विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा समेत विधेयक सम्बन्धित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो
-
चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु