बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

केबलकार निर्माणको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन आह्वान

आइतबार, १८ फागुन २०८१, १३ : ५२
आइतबार, १८ फागुन २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा केबलकार निर्माणको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन आह्वान गरेका छन् । 

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केबलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरे । 

उनले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिए ।  गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गरे । 

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा पनि प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गर्ने उनले उल्लेख गरे । गृहमन्त्री लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप