इबोलाका कारण यूगान्डामा चार वर्षीय बालकको मृत्यु

काम्पाला । पूर्वी अफ्रिकी देश युगान्डामा इबोलाबाट एक जना चार वर्षीय बालकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो इबोलाबाट भएको दोस्रो मृत्यु हो ।
यसअघि जनवरी ३० मा इबोला प्रकोप बनेको घोषणा हुनुभन्दा एक दिनअघि एक जना वार्ड ब्वाईको मृत्यु भएको थियो । युगान्डाका स्वास्थ्य अधिकारीहरू प्रकोप चाँडै अन्त्य गर्ने आशा गरिरहेका थिए ।
यस्तोमा बच्चाको मृत्यु स्वास्थ्य अधिकारीहरूका लागि ठूलो धक्का भएको डब्ल्यूएचओले बताएको छ । बच्चालाई युगान्डाको राजधानी कम्पालाको एक अस्पतालमा भर्ना गरिएको शनिबार जारी विज्ञप्तिमा डब्लुएचओले भनेको छ ।
उपचारको क्रममा उनको मंगलबार मृत्यु भएको बताइएको छ । निगरानी र सम्पर्क ट्रेसिङलाई सुदृढ पार्ने काम गरिरहेको डब्ल्यूएचओले भनेको छ ।
सुरुमा आठ इबोला संक्रमितहरू निको भएर डिस्चार्ज भएपछि युगान्डाका अधिकारीहरूले प्रकोप नियन्त्रणमा रहेको दाबी गरेका थिए । तर, पछिल्लो समय बालकको मृत्युले त्यो दाबीलाई कमजोर बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७२ जना यात्रु सवार विमानमा आगो लागेपछि...
-
गुडिरहेको गाडीबाट हामफाल्दा एक युवकको मृत्यु
-
कराँचीबाट लाहोर आएको विमानको एउटा पाङ्ग्रा नै गायब
-
अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न
-
बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)
-
समाजवादी मोर्चाले शनिबार बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने