राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक सार्वजनिक गर्दै एन्फा
आइतबार, १८ फागुन २०८१, १२ : ४३

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक सार्वजनिक गर्ने भएको छ । यसका लागि एन्फाले आइतबार अपराह्न १६ः०० बजे कार्यक्रमको आयोजना गरेको छ ।
एन्फा स्रोतका अनुसार, अस्ट्रेलियाका म्याट रोसलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकका रूपमा सार्वजनिक गर्न लागिएको हो । एन्फाले सञ्चारकर्मीसँग मुख्य प्रशिक्षकको अन्तरक्रिया कार्यक्रम पनि राखेको छ ।
भिनसेन्जो अल्बर्टो एनेसको स्थानमा म्याट रोसलाई प्रमुख प्रशिक्षक बनाउन लागिएको हो । गत भदौमा एन्फाले एनेसको सम्झौता नविकरण नगरेपछि राष्ट्रिय टोली प्रमुख प्रशिक्षकविहीन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ