च्याम्पियन्स ट्रफीमा लज्जास्पद प्रदर्शनपछि पाकिस्तानी टोलीको प्रमुख प्रशिक्षकमा सकलेन मुश्ताकको चर्चा

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा घरेलु टोली पाकिस्तान समूहगत चरणबाटै बाहिरिएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) नयाँ प्रशिक्षकको खोजीमा जुटेको छ । पाकिस्तानी सञ्चारमाध्यले नयाँ प्रशिक्षकको बारेमा टुंगोसमेत लागिसकेको दाबी गरेका छन् ।
पाकिस्तानी टोली च्याम्पियन्स ट्रफीको समूहगत चरणबाट बाहिरिएपछि खेलाडीसँगै पीसीबीको पनि व्यापक आलोचना भएको थियो । गत वर्ष पीसीबीले अकिब जावेदलाई पाकिस्तानी टोलीको अन्तरिम प्रशिक्षक बनाएको थियो । उनकै प्रशिक्षकत्वमा पाकिस्तानी टोली च्याम्पियन्स ट्रफी यात्रामा होमिएको थियो । तर, प्रतियोगितामा टोलीको खराब प्रदर्शनपछि पीसीबी नयाँ प्रशिक्षकको खोजीमा जुटेको हो ।
पाकिस्तानी पक्रकार कादिर ख्वाजाका अनुसार, पीसीबीले आफ्नो समयका प्रभावशाली स्पिनर सकलेन मुश्ताकलाई प्रमुख प्रशिक्षक बनाउने तयारी गरेको छ । मुश्ताकसँग पीसीबीका पदाधिकारीहरुले छलफल समेत गरिसकेका छन् ।
पीसीबीका पदाधिकारीहरुसँगको भेटमा मुश्ताकले पनि प्रमुख प्रशिक्षक बन्न आफू तयार रहेको बताएका छन् । पीसीबीका अध्यक्ष मोहसिन रजा नकवी पनि मुश्ताकलाई प्रमुख प्रशिक्षक बनाउन सहमत भएको दाबी पाकिस्तानी सञ्चारमाध्यमले गरेका छन् ।
निकट भविष्यमा न्युजिल्यान्डविरुद्ध खेलिने सेतो बलको शृंखलामा मुश्ताकले पाकिस्तानी टोलीको प्रमुख प्रशिक्षकको जिम्मेबारी समाल्ने दाबी समाचारमा गरिएको छ । समाचारमा जनाइए अनुसार, पीसीबीले च्याम्पियन्स ट्रफीअघि नै मुश्ताकलाई प्रमुख प्रशिक्षक बन्ने प्रस्ताव राखे पनि त्यतिबेला उनले अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व राजालाई जति धोए पनि सफा बनाउन सकिँदैन : गगन थापा
-
हेरिटेज वाकको काम प्रभावकारी नभएको भन्दै उपप्रधानमन्त्री सिंहले जनाए असन्तुष्टि
-
वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माले गरे अपिल
-
मेस्सीको दुई गोलसँगै इन्टर मियामी ककाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा
-
आजबाट दोस्रो राष्ट्रिय हर्टिकल्चर एक्स्पो
-
१२ वर्षपछि बारमा फर्किएका मिश्र : निःशुल्क कानुनी परामर्शदेखि अन्तर्राष्ट्रिय मञ्चको प्रतिनिधित्वसम्म