सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

बर्खास्त गरिएका विशेष वकिललाई पदबहाल गर्न ट्रम्पलाई अदालतको आदेश

आइतबार, १८ फागुन २०८१, १२ : ०३
आइतबार, १८ फागुन २०८१

वासिङ्टन डीसी । अमेरिकी अदालतले राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई झट्का दिएको छ । ट्रम्पले बर्खास्त गर्न आदेश दिएका वाचडग एजेन्सीका प्रमुखलाई अदालतले पुनर्बहाली गर्न आदेश दिएको छ । विशेष वकिललाई जागिरबाट हटाउनु गैरकानूनी भएको अदालतले आफ्नो आदेशमा बताएको छ । 

अमेरिकी जिल्ला न्यायाधीश एमी बर्मन ज्याक्सनले शनिवार एक आदेश जारी गर्दै ह्याम्पटन डेलिन्जरलाई उनको जागिरमा पुनर्बहाली गर्न आदेश दिएकी हुन् । डेलिन्जर एक विशेष सल्लाहकार हुन् । उनलाई हालै ट्रम्पले पदबाट हटाएका थिए । त्यसपछि गत महिना डेलिन्जरले ट्रम्पको निर्णयलाई अदालतमा चुनौती दिए । विशेष वकिललाई आफ्नो जिम्मेवारी निर्वाह गर्न अक्षमता वा लापरबाहीको अवस्थामा मात्र हटाउन सकिने आफ्नो अपिलमा डेलिन्जरले भनेका थिए । 

ट्रम्प प्रशासनको व्यापक सरकारी सुधारको एक हिस्सको रूपमा बर्खास्त गरिएका प्रोवेशनरहरूलाई हटाउने निर्णयलाई डेलिन्जरले चुनौती दिइरहेको बेला यो फैसला आएको हो । 

मंगलबार डेलिन्गरले धेरै प्रोबेशनरहरूको बर्खास्ती गैरकानूनी हुन सक्ने बताएपछि सङ्घीय बोर्डले उनीहरूको बर्खास्तीलाई रोक लगाएको थियो ।  यद्यपि, न्याय विभागले विशेष सल्लाहकारलाई हटाउने सुरक्षा असंवैधानिक भएको र राष्ट्रपतिले आफ्नो मन पर्ने उम्मेदवारलाई नियुक्त गर्न स्वतन्त्र हुनुपर्ने बताएको छ । 

उनको कार्यालय काम ह्विसलब्लोअरहरूलाई सुरक्षा दिने भएकोले विशेष वकिललाई राष्ट्रपतिको हस्तक्षेपबाट अलग राख्नुपर्ने डेलिन्जरका वकिलहरूले भनिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप