सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

बिपाशासँग काम गरेकोमा मिकालाई पछुतो

भन्छन्, ‘नाटक देखेर वाक्क भएँ’
आइतबार, १८ फागुन २०८१, ११ : ५६
आइतबार, १८ फागुन २०८१

मुम्बई । गायक मिका सिंहले बिपाशा बसु र करण सिंह ग्रोवरसँग फिल्ममा काम गर्दाको आफ्नो अनुभव साझा गरेका छन् । एक अन्तर्वार्तामा मिकाले अभिनेत्री बिपाशा बसुसँग क्राइम थ्रिलर प्रोजेक्ट ‘डेन्जरस’ मा काम गर्नु आफ्नो लागि नराम्रो अनुभव भएको बताएका हुन् ।

पिंकभिल्लासँगको एक अन्तर्वार्तामा मिकाले बिपाशाले शृङ्खलामा काम गर्दा ‘निकै नाटक’ देखाएको खुलाए । उनको सोही बानीका कारण आज उनी कामबाट बाहिर रहेको मिकाले सुनाए । मिका भन्छन्, ‘तपाईंलाई के लाग्छ, उनले किन अहिले काम पाइरहेकी छैनन् ? भगवानले सबै कुरा हेरिरहनुभएको छ ।’ 

‘मलाई करण धेरै मन पर्थ्यो । म कम बजेटको फिल्म बनाउन चाहन्थेँ, लगभग ४ करोड रुपैयाँमा,’ उनले भने । यति कम बजेटमा विक्रम भट्टलाई निर्देशकको रूपमा राख्न नसकेपछि मिकाले भूषण पटेललाई लेखक र निर्देशकको रूपमा रोजे । 

पछि बिपाशाले परियोजनाको हिस्सा बन्न जोड दिएपछि परिस्थिति परिवर्तन भयो । मिका भन्छन्, ‘म अर्की अभिनेत्रीलाई कास्ट गर्ने सोचमा थिएँ, तर उनी यसको हिस्सा बन्न चाहन्थिन् । छायांकन लन्डनमा गरिएको थियो । बजेट ४ करोड रुपैयाँबाट बढेर १४ करोड रुपैयाँ पुग्यो ।’

‘त्यसपछि बिपाशाले सिर्जना गरेको नाटकले स्पष्ट पार्‍यो कि म निर्माणमा संलग्न भएकोमा सधैँ पछुताउनेछु,’ उनले भने, ‘यो एउटा यस्तो टोली थियो जससँग उनी सहज थिइन् र उनीहरू दुवै जोडीको भूमिका खेलिरहेका थिए । उनीहरूले चुम्बन दृश्य पनि गरेका थिए । अचानक, उनले त्यसो गर्दिनँ भनेर रिसाउन थालिन् ।’

मिकाका अनुसार उनले आफ्नो भुक्तानी कहिल्यै ढिलाइ गरेनन् । तर जब डबिङको कुरा आयो, त्यो पनि पूरा गर्न गाह्रो भयो । उनले भने, ‘कसै न कसैको घाँटी सधैँ दुखिरहन्थ्यो । यदि कुनै समयमा बिपाशा बिरामी थिइन् भने, अर्को समयमा करण बिरामी हुन्थे ।’

एमएक्स ओरिजिनलको क्राइम थ्रिलर वेब सिरिज ‘डेन्जरस’ सन् २०२० मा रिलिज भएको थियो । मिका यस शृङ्खलाका निर्माता थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप