च्याम्पियन्स ट्रफीमा सबैभन्दा बढी विकेट लिने मिल्स
आइतबार, १८ फागुन २०८१, ११ : २०

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने बलर न्युजिल्यान्डका कायल मिल्स हुन् । सन् २००२ देखि सन् २०१३ सम्म च्याम्पियन्स ट्रफीमा १५ खेल खेलेका मिल्सले कुल २८ विकेट लिएका छन् ।
सर्वाधिक विकेट लिने बलरको सूचिमा श्रीलंकाका लासिथ मालिंगा दोस्रो स्थानमा आसीन छन् । सन् २०००६ देखि सन् २०१७ सम्म १६ खेल खेलेका मालिंगाले कुल २५ विकेट लिएका छन् । यो सूचिमा श्रीलंकाकै मुथैया मुरलिधरन तेस्रो स्थानमा छन् ।
मुरलिधरनले सन् १९९८ देखि सन् २००९ को बिचमा च्याम्पियन्स ट्रफीको १७ खेलको १५ पालीमा कुल २४ विकेट लिएका छन् । अस्ट्रेलियाका ब्रेट ली चौथो र अस्ट्रेलियाका ग्लेन म्याग्रा पाँचौँ स्थानमा आसीन छन् । लीले २२ र म्याग्राले २१ विकेट लिएका छन् । इंग्ल्याण्डका जेम्स एन्डर्सनले पनि २१ विकेट हात पारेका छन् ।