बैतडीमा दाजुको गोली प्रहारबाट घाइते भएका युवकको मृत्यु
आइतबार, १८ फागुन २०८१, ११ : १६

बैतडी । बैतडीमा दाजुको गोली प्रहारबाट घाइते भएका युवकको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्ट शनिबार राती गोली लागेर गम्भीर घाइते भएका थिए।
उनीमाथि दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले वन्दुकको गोली प्रहार गरेका थिए । लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रलाई जिल्ला अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए। गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन् ।
उनको खोजी र घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बलदेब बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद, खोचलेक प्रहरी चौकीबाट सई गणेश कडायत नेतृत्वको टोली खटिएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झुम्सा–चरङ्गे सडकको काम ६ वर्षमा पनि भएन पूरा
-
नेपालगन्जमा राजावादीको प्रदर्शन
-
भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी
-
क्यारोलिनामा भीषण डढेलो, आपत्काल घोषणा
-
आज आलु, प्याज, गोलभेँडा, काउलीसहित कुन तरकारी र फलफूलको कति छ मूल्य (सूचीसहित)
-
श्रीमान् र श्रीमतीको उमेरमा कति फरक हुनुपर्छ ?