रमजानका लागि गाजामा युद्धविराम विस्तार

रफाह । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा युद्धविराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले यो प्रस्ताव अघि सारेका थिए ।
रमजान र यहुदीहरूको चाड निस्तारलाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको नेतन्याहूले बताएका छन् । शनिवार मध्यरातमा पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो ।
विटकफको यो नयाँ प्रस्ताव अन्तर्गत दोस्रो चरणको वार्ता असफल भएको महसुस भयो भने ४२ दिन पछि इजरायलले पुनः लडाइँ सुरु गर्न सक्नेछ । इजरायलले थप बन्धकहरूको तत्काल रिहाइ चाहेको छ तर हमास दोस्रो चरणलाई अगाडि बढाउन चाहन्छ ।
यसैबिच, अमेरिकी विदेश मन्त्री मार्काे रुबियोले शनिवार इजरायललाई लगभग ४ अर्ब डलर बराबरको सैन्य सहायता वितरणलाई तीव्रता दिने सहमति भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ