बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

विवादपछि ट्रम्पद्वारा जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्न अस्वीकार

आइतबार, १८ फागुन २०८१, १० : २३
आइतबार, १८ फागुन २०८१

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ह्वाइट हाउसमा भएको तनावपूर्ण झडपपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् । 

युक्रेनले तत्काल युद्धविराम गर्नुपर्ने ट्रम्पले बताए । जेलेन्स्कीले युद्धविरामबारे वार्ता गर्न नै नचाहेको उनको भनाइ छ । युक्रेन युद्धविराम चाहन्छ भने तत्काल युद्धविराम हुनसक्ने बताए। 

दुई पक्षीय वार्तामा भएको विवादबारे ट्रम्पसँग आफू माफी नमाग्ने जेलेन्स्कीले बताइसकेका छन् । यस प्रकारको झगडा दुवै पक्षका लागि राम्रो नभएको उनको भनाइ छ । -सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप